२०८३ वैशाख ७ , सोमबार

मध्यपश्चिम विश्वविद्यालयकाे याेजनामा प्रधानमन्त्रीकाे हस्तक्षेप : “सम्वन्धन दिने निर्णय तत्काल स्थगन गर्नु”



मध्यपश्चिम विश्वविद्यालय

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा नन्दबहादुर सिंहको निजी क्याम्पसलाई सम्वन्धन दिने योजनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “ब्रेक” लगाईदिएका छन् ।

 

बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मध्यपश्चिम विश्वविद्यालयका नाममा एक पत्र लेख्दै अर्को आदेश नभएसम्मका लागि सम्वन्धन प्रकृया र पदपूर्ति दुवै प्रकृया स्थगित गर्न भनिएको छ ।

 

मन्त्रीपरिषदको कार्यालयले २८ गतेको सचिवस्तरीय निर्णयअनुसार विश्वविद्यालयलाई १५ दिनभित्र हालसम्म भएका गतिविधिबारे प्रतिवेदन बुझाउनसमेत भनिएको छ ।

 

विश्वविद्यालयले सम्बन्धन दिएका आंगिक क्याम्पसहरुको वर्तमान अवस्था, विश्वविद्यालयसँग आबद्ध संकायहरु एवं कुल दरबन्दी संख्याको विवरण, विश्वविद्यालयको कुल आम्दानी र खर्चको विवरण विश्वविद्यालय श्रोतबाट हुने आय र नेपाल सरकारबाट प्राप्त अनुदान, विश्वविद्यालयमा हाल विद्यमान भौतिक सम्पत्ति एवं संरचनाको अवस्थाका वारेमा प्रतिवेदन बुझाउन आदेश गरिएको छ ।

 

यसैगरी, १२ औं विश्वविद्यालय सभाका लागि प्रस्तावित विषय र सभाबाट पारित भएका निर्णयहरु, साथै नियमावली संशोधनका लागि भएको आधिकारिक निर्णय जस्ता विषयमा प्रतिवेदन बुझाउन पत्रमा उल्लेख गरिएको छ ।

 

सम्बन्धनको विषयलाई लिएर गत वैशाख १० गतेदेखि विश्वविद्यालयमा विवाद भइरहेको छ । सम्बन्धनका विषयलाई लिएर विद्यार्थी संगठनहरुले रिले अनशन गरेका थिए। उपकुलपति सिँहले गत मंगलवार मात्रै आफ्नो निवासमा पत्रकार सम्मेलन गरेर केही समयका लागि सम्वन्धन रोकेको जानकारी गराएका थिए ।

pm-office

विश्वविद्यालयलाई छोरा जस्तै सम्झेको छु : उपकुलपति सिंह

 

 

प्रकाशित मिति : २०८० वैशाख २८ गते बिहीबार