२०८३ वैशाख ७ , सोमबार

पञ्चपुरीमा भरुवा बन्दुक सहित तीन जना पक्राउ



फाईल तस्बिर

सुर्खेत । पञ्चपुरीमा भरुवा बन्दुक सहित प्रहरीले तीन जना पक्राउ गरेका छ । ईलाका प्रहरी कार्यालय बाबियाचौर र अस्थायी प्रहरी पोष्ट तातापानीबाट खटिएको प्रहरीको टोलीले बिहिवार पञ्चपुरी–१० बच्छीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा पञ्चपुरी–१० बच्छीका वर्ष ४५ का जगत बहादुर खत्री, सोही ठाउँका वर्ष ५७ का हस्त नेपाली र वर्ष ६० का टेक बहादुर बयक रहेका छन् । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० वैशाख २९ गते शुक्रबार