२०८३ वैशाख ७ , सोमबार

भेरीगंगामा अटो र मोटरसाइकल मर्मत तालिम सुरु



सुर्खेत । भेरीगंगामा एक महिने अटो रिक्सा तथा मोटरसाइकल मर्मत तालिम र हाउस पेन्टिङ्ग तालिम शुक्रबारबाट शुरु भएको छ । भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखाको आयोजनामा दुुई वटा तालिम एकै पटक सञ्चालन भएको हो ।

 

भेरीगंगा नगरपालिका वडा नम्बर १२ छिन्चु बजारमा तालिम सञ्चालन गरिएको शाखाले उद्योग विकास तथा सहकारी शाखा प्रमुख चित्रा डाङ्गीले जानकारी दिईन् । औद्योगिक लगानी र पुर्वाधार समृद्धिको बलियो आधार भन्ने नारासहित गरिबी निवारणका लागी लद्युउद्यम विकास कार्यक्रम मार्फत स्थानिय स्तरमै स्वरोजगारी सृजना गर्ने उद्देश्यले तालिमको सञ्चालन गरिएको छ ।

 

भेरीगंगा नगरपालिका भित्रका विपन्न परिवारको आर्थिक स्तर उकास्न १५/१५ गरी ३० जनालाई अटो रिक्सा तथा मोटरसाइकल मर्मत र हाउस पेन्टिङ्ग तालिम दिन लागेको प्रमुख डाङ्गीले बताईन । अटो रिक्सा तथा मोटरसाइकल मर्मत तालिम न्यू शिशिर अटोपाटसका सञ्चालक दिपेन्द्र डिसीले प्रशिक्षण दिने भएका छन, भने हाउस पेन्टिङ्ग तालिम महेन्द्र डिसीले दिनेछन ।

 

शाखा प्रमुख डाङ्गीले भेरीगंगामा अटोको संख्या धेरै र अटोपार्टसको संख्या न्यून भएको बताईन । उनले तालिममा उत्साहपुर्बक सहभागी हुन आग्रह गरेकी छन् । कार्यक्रममा भेरीगंगा नगरपालिका उपप्रमुख धनसरा बोहोराले सहभागि सबैलाई दक्ष मेकानिकल बन्न सुझाव दिएकी छन् ।

 

उनले सहभागी सफल हुन भनेको भेरीगंगा सफल हुन जस्तै भएको जिकिर गरेकी छन् । भेरीगंगा नगरपालिका उपप्रमुख धनसरा बोहोरा वडा नम्बर ५ का वडा अध्यक्ष तथा आर्थिक विकास संयोजक प्रेम बहादुर सारु, भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखा प्रमुख चित्रा डाँङ्गी, लगायतको उपस्थिती रहेको कार्यक्रमको सहजिकरण उद्यम विकास सहजकर्ता लाल बहादुर कार्की र सुनिता जैसीले गरेका थिए ।

प्रकाशित मिति : २०८० वैशाख ३० गते शनिबार