२०८३ वैशाख ७ , सोमबार

सुर्खेतको बड्डीचौरमा सीसी क्यामेरा जडान



सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकामा सीसी क्यामेरा जडान गरिएको छ । बराहताल गाउँपालिकाको आर्थिक सहयोग र अस्थायी प्रहरी पोष्ट बड्डीचौरको सक्रियतामा बराहताल गाउँपालिका वडा नम्बर ५ बड्डीचौरका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिएको हो ।

 

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/०८० को करिब ८ लाख बजेटबाट बड्डीचौरको बजार क्षेत्रको ८ वटा स्थानमा सीसी क्यामेरा जडान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललित कुमार थापाले जानकारी दिए । भीडभाड हुने, दुर्घटना बढी हुने र आपराधिक क्रियाकलाप बढी हुने क्षेत्रमा क्यामेरा जडान गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख एवं डीआइजी भीमप्रसाद ढकालले जानकारी दिए ।

 

उनले गाउँपालिकाले सह्रानीय काम गरेको बताउँदै यसले शान्ति सुरक्षा अमन चयन कायम हुने र आगामी दिनमा बजार क्षेत्रमा हुने विभिन्न किसिमका चोरी डकैती, तस्करी, सवारी दुर्घटनाहरु कम हुने विश्वास व्यक्त गरे । साथै उनले सीसी क्यामेरा सुरक्षा व्यवस्थापनको आधुनिक र प्रभावकारी उपकरण भएको समेत बताए ।

यस्तै, गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले सीसी क्यामेराले समाजमा शान्ति र सुरक्षामा केही सहयोग पुग्ने विश्वास लिएको बताए । उनले सीसी क्यामेरा मानिसको तेस्रो आँखा भएको बताए ।

 

अध्यक्ष भण्डारीले सीसी क्यामेरा जडान भएकाले अबदेखि कोही कसैबाट अवाञ्छित काम भएमा छुट नपाउने बताउँदै यस्ता कामलाई आगामी आर्थिक वर्षको बजेटको शिर्षकमा विनियोजन गरी अन्य स्थानहरूमा पनि सीसी क्यामेरा जडान गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २०८० वैशाख ३० गते शनिबार