२०८३ वैशाख ७ , सोमबार

दैलेखको एक आधारभुत स्वास्थ्य केन्द्रमा आगजनी



दैलेख । दैलेखको एक स्वास्थ्य केन्द्रमा आगजनी भएको छ । दुल्लु नगरपालिका–७ बाहुनगाउँस्थित शनिबार राति आधारभुत स्वास्थ्य केन्द्रमा आगजनी भएको हो ।

 

ईलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण डांगीले स्वास्थ्य केन्द्रको एउटा कोठामा आगजनी भएको र उक्त आगजनीबाट औषधि, बर्थिङ सेन्टरका औषधि उपकरणहरू, सर्जिकल सामान राखिएको मिनी स्टोरका सबै सामग्री जलेर खरानी भएको जानकारी दिए ।

 

उक्त कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको उनले बताए । कसले के कारणले आगजनी ग¥यो भन्नेबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उक्त कोठामा महंगो औषधि र उपकरण राखिएको थियो ।

 

स्वास्थ्य केन्द्रमा पहिला पनि निरन्तर तोडफोड हुने गरेको थियो । आगजनीका कारण करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको स्वास्थ्य केन्द्रका प्रमुख लक्ष्मी दहित आचार्यले जानकारी दिईन् । आगो भने गएराति नै निभाईएको छ ।

प्रकाशित मिति : २०८० वैशाख ३१ गते आइतबार