२०८३ वैशाख ७ , सोमबार

भ्रष्टाचारविरुद्ध मुगुमा विरोध प्रदर्शन



मुगु । नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको ठूलो भष्टाचार लगाकयत देशमा हरेक क्षेत्रमा भइरहेको भष्टचार विरुद्ध मुगुमा विरोध प्रदर्शन भएको छ । सदरमुकाम गमगढी बजारमा नागरिक समान मुगुको अगुवाईमा जिल्लामा रहेका क्रियाशील पत्रकार र स्वतन्त्र नागरिकहरुको आयोजनामा भएको उक्त प्रदर्शनमा भष्टाचारीलाई खवरदारी विरोध गरिएको छ ।

 

यस प्रकरणको सही छानबिन गरी दोषीलाई कारवाही गर्न माग प्रहरी प्रशासन सत्य काम गर साथ सहयोग नागरीकको छ भन्दै विभिन्न दवाबमुलक प्ले–कार्डसहित नाराबाजी र बजार परक्रिम गरिएको हो ।

 

देश भरी बढ्दै गएको भ्रष्टाचार मानव तस्किरी दिनप्रतिदिन बढ्दै गहिरहेको छ भने देशमा रहेका ठूला दलका नेताहरुले ललिता निबास काण्ड, वाइडबडी जहाज, सुन तस्करी काण्ड लगायत ठूलो ठूला भ्रष्टाचर गर्दै अहिले मानब बेचबिखन गर्नतर्फ लागेका हुनाले हिजोआज नक्कली भुटानि बनाएर करोडौ भष्टचार भएको बाहिर आएर ठूला दलको तेताहरुलाई प्रहरीले निगरानिमा लिएको छ ।

 

यसको सही सत्यतथ्य छानबिन गरीयोस् दोषीलाई कडाभन्दा कडा कारवाही गर्नको प्रदर्शनकारीहरुको माग छ । न्युज24

प्रकाशित मिति : २०८० जेठ १ गते सोमबार