२०८३ वैशाख ७ , सोमबार

बिमालाई मुख्यमन्त्री शर्माको आग्रह : सहर मात्रै होईन गाउँ जानुस



सुर्खेत । नेपाल बिमा प्राधिकरणको ५५ औँ वार्षिक उत्सव कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यतामा सुर्खेतमा सम्पन्न भएको छ ।

 

प्राधिकरणको ५५ औं वार्षिकोत्सबको अबसरमा सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले सहर केन्द्रित मात्रै नभएर गाउँगाउँसम्म पुगेर जनताको जीवन र सम्पतिको बिमा कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिए ।

 

मुख्यमन्त्री शर्माले बिमा प्रदेश सरकारको तर्फबाट सहयोग गर्न तयार रहेको समेत बताउदै बिमा कम्पनिको पनि व्यवहारमा परिवर्तन आउनुपर्ने, सामाजिक न्याय सहितको आर्थिक विकासमा जोड दिनुपर्ने, विपन्न वर्गले पनि बिमाबाट लाभ पाउने गरि चेतना बढाउनुपर्ने बताए ।

 

नेपालको बर्तमान आर्थिक स्थितिको बारेमा धारणा राख्दै नेपाल राष्ट्र बैक कर्णाली प्रदेश प्रादेशिक कार्यालयका प्रमुख बाबुराम कोइरालाले बिमा क्षेत्रमा काम गर्दा, बिमा लिदा जुन मेहनतका साथ काम हुन्छ दाबी भुक्तानी दिदा पनि त्यही किसिसमको व्यवहार गर्नुपर्ने बताए ।

 

उद्योग बाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले बिमा आवश्यक र राम्रो भएको बताए। बिमा दावी भुक्तानी प्रक्रियामा झन्झटिलो भएको र यसलाई अझै सुधार गर्नुपर्ने उनले जोड दिए ।

 

अजोड इन्स्योरेन्स कर्णाली प्रदेश प्रमुख योगेन्द्र कार्कीले बिमाको पहुँचमा नभएका ठाउँसम्म विमालाई पुर्याउनुपर्ने वताए। उनले दुरदराजका ठाउँमा अहिलेसम्मपनि बिमाको पहुँच नपुगेको उल्लेख गर्दै सुगममा मात्र नभएर दुर्गममा पनि बिमाको पहुँच हुनुपर्नेमा जोड दिए ।

 

नेपाल बिमा प्राधिकरणको ५५ औँ वार्षिक उत्सवमा विभिन्न जीवन तथा निर्जीवन बिमा कम्पनीका कर्मचारी तथा अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यसैबीच, नेपाल बिमा प्राधिकरणको वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद कार्यक्रमकोसमेत आयोजना गरिएको थियो । खेलकुद अन्तर्गत वैशाख २७ गतेदेखि २९ सम्म फुटसल प्रतियोगिता भएको थियो ।

 

जसमा फुटसल ननलाइफ निर्जिवन तर्फ ‘ए’ टिम बिजेता भएको थियो भने निर्जीबन ‘सि’ टीम उप–बिजेता भएको थियो । फुटसलमा नेपाल बिमा प्राधिकरणसहित ८ वटा टिम सहभागी भएको नेको ईन्सुरेन्सका जगत शर्माले जानकारी दिए ।

 

यसैगरी गत वैशाख २८ देखि ३० सम्म अन्तरबिमक हाजिरी जबाफ प्रतियोगितासमेत र ३० वटा टिम सहभागी भएको उनले वताए। जसअन्तर्गत प्रभु इन्सुरेन्स प्रथम, राष्ट्रिय बिमा संस्थान द्धितिय, अजोड इन्स्योरेन्स तृतिय र सुर्य ज्योती लाइफ इन्स्योरेन्सले सान्त्वना स्थान हासिल गरेका थिए । यस्तै वैशाख ३१ गते रक्तदान कार्यक्रम गरिएकोमा ४९ जनाले रक्तदान गरेको शर्माले जानकारी दिए ।

No description available.

No description available.

प्रकाशित मिति : २०८० जेठ १ गते सोमबार