२०८३ वैशाख ७ , सोमबार

जुम्लामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु



जुम्ला । जुम्लामा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जुम्ला सदरमुकाम खलंगादेखि पातारासी गाउँपालिकातर्फ जाँदै गरको क १ घ १५ नम्बरको अटोरिक्सा दुर्घटना हुँदा चन्दननाथ १० का अन्दाजी ४० वर्षीय मेघराज न्यौपानेको मृत्यु भएको हो ।

 

अटोरिक्सा पातारासी–७ स्थित कोटाभीरमा दुर्घटनामा परेको हो । न्यौपानेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइसकेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रह्लाद कार्कीले जानकारी दिए ।

 

पातारासी गाउँपालिका–३ का कृष्ण बोहरा र अटोचालक चन्दननाथ नगरपालिका–९ का गोविन्द सार्की घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेहरुको अहिले कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० जेठ २ गते मंगलबार