२०८३ वैशाख ७ , सोमबार

सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा एक जना घाइते



सुर्खेत । सुर्खेतमा फोर्स गाडी दुर्घटना भएको छ । पश्चिम सुर्खेतको विद्यापुरदेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको भे१अ २५८० नम्बरको गाडी बराहताल गाउँपालिकाको बड्डीचौरस्थित सोतखोला पुलमा बिहीबार दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार गाडीको ब्रेक फेल भएर पुलमा ठोक्किएको थियो । प्रहरीका अनुसार गाडीमा सामान्य क्षति भएको छ भने एक जना यात्रु घाइते भएका छन् ।

उनको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक देबेन्द्र सिँह बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० जेठ ४ गते बिहीबार