२०८३ वैशाख ७ , सोमबार

कर्णाली नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता



हुम्ला । हुम्लामा माछा मार्ने क्रममा नदीमा चिप्लेर एक जना बेपत्ता भएका छन् । हुम्लाको दक्षिणी क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाका एम्बुलेन्स चालक वर्ष ४० का छक्क बुढा कर्णाली नदीमा माछा मार्न जाल हान्ने क्रममा नदीमा चिप्लेर बिहीबार दिउँसो बेपत्ता भएका हुन् ।

बिहान गल्फागाड खोलाबाट जाल खेल्दै गएका बुढा हुम्ला कर्णालीको रैसिडी भन्ने स्थानबाट कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी हुम्लाका डीएसपी एवम् प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

हाल अदानचुलीको गल्फागाड प्रहरी चौकी, मैला कवाडी चौकी, गाउँपालिकाका जनप्रतिनिधिहरू र अन्य स्थानीयले कर्णाली नदीको किनारमा उनको खोजी कार्य गरीरहेका छन् ।

प्रकाशित मिति : २०८० जेठ ४ गते बिहीबार