२०८३ वैशाख ७ , सोमबार

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एकजना महिला गम्भीर घाइते



सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिदा एकजना महिला गम्भीर घाइते भएकी छन् । वीरेन्द्रनगर नगरपालिका १० नारायण पेट्रोल पम्प नजिकै बिहिवार राति अन्दाजी १० बजेको समयमा एयरपोर्ट चोकदेखि मंगलगढी तर्फ जाँदै गरेको बा ५९ प ९४९६ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेकी वीरेन्द्रनगर १० बस्ने वर्ष ४३ वर्षकी बाटुली दमाईलाई ठक्कर दिएको हो ।

घाइतेको हाल प्रदेश अस्पताल कालागाउँमा उपचार भईरहेको छ। मोटरसाइकल चालक वीरेन्द्रनगर ६ का ३८ वर्षिय मनोहरी दाहाल प्रहरीको नियन्त्रणमा रहेका छन् । घाइते दमाइको टाउकोमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक देबेन्द्रसिँह बुढाथोकीले जानकारी दिए । घटनाको अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेठ ४ गते बिहीबार