
हुम बहादुर कार्की, सुर्खेत । गुर्भाकोटमा ५ दिने सहकारी लेखा व्यवस्थापन तालिम सुरु भएको छ । नगरपालिकाको स्वीकृत बार्षिक कार्यक्रमको आर्थिक सहयोगमा सहकारीको दिगोपन, स्वनियमन सुशासन भन्ने मुल नाराका साथ उक्त तालिम सुरु भएको हो ।
शुक्रवार गुर्भाकोट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पदम प्रसाद बजगाईले प्रशिक्षकलाई तालिम सामग्री हस्तान्तरण गरि तालिमको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै अधिकृत बजगाईले सहकारीमा आवद्ध भएपछि सहकारीको मर्म अनुसार उद्दमशिल कार्यमा लाग्न सहभागीहरुलाई अनुरोध गरेका छन् ।
उनले उद्दमशिलताको विकास गरि समतामुलक समाज निर्माणका लागि सहकारी अपरिहार्य भएको बताए । यस्तै कार्यक्रमका प्रमुख अतिथि गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना बिकले सहकारीको अर्थ सहकार्य भएको र सहकारीले सामाजिक जीवनस्तर उकास्न मद्दत गर्ने बताएकी छन् ।
उनले सहकारीका संचालक र कर्मचारीको क्षमता विकासको लागि तालिम आयोजना गरेको उल्लेख गर्दै सहकारीको आर्थिक विकाससङ्गै प्रभावकारी लेखा विवरण राख्र्नुे सुझाब दिइन् । यस्तै, प्रशासन तथा सहकारी शाखाका प्रमुख चित्र बहादुर ढकालले सहकारी लेखा तालिम उत्साहका साग लिन आग्रह गरेका छन् ।
तालिमको प्रशिक्षकमा ओम प्रसाद चपाई रहेका छन् । तालिममा २५ वटा सहकारीका कर्मचारीहरुको सहभागिता रहेको छ । कार्यक्रम नगर सहकारी शाखाका कर्मचारी प्रकाश भट्टराईले संचालन गरेका थिए । तालिम जेठ ९ गते मंगलवार सम्म संचालन हुने छ ।