२०८३ वैशाख ७ , सोमबार

जाजरकोटका सात स्थानीय तहलाई २ अर्ब ६५ करोड बजेट विनियोजन



जाजरकोट । आर्थिक वर्ष २०८०/०८१ को लागि संघीय सरकारबाट जाजरकोटमा २ अर्ब भन्दा बढी बजेट विनियोजन भएको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि जाजरकोटका सात स्थानीय तहमा कुल २ अर्ब ६५ करोड ६५ लाख बजेट विनियोजन भएको हो ।

सबैभन्दा बढी बजेट छेडागाड नगरपालिकालाई र कम शिवालय गाउँपालिकालाई विनियोजन भएको छ । जसअन्तरगत छेडागाडलाई ५१ करोड ३३ लाख, नलगाडलाई ४१ करोड ५७ लाखऽ भेरीमालिकालाई ४४ करोड ४८ लाख, कुशे गाउँपालिकालाई ३४ करोड १० लाख, जुनीचाँदेलाई ३२ करोड ८५ लाख, बारेकोटलाई ३१ करोड २० लाख र शिवालयलाई ३० करोड १२ लाख बजेट विनियोजन भएको छ ।

प्रकाशित मिति : २०८० जेठ १७ गते बुधबार