
सुर्खेत । सवारी दुर्घटनामा मृत्यु भएकी डाक्टर सञ्जु खाती खड्काको शव सुर्खेत ल्याईएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित पूर्व–राजमार्ग अन्तर्गत ढकेरीमा मंगलवार साँझ ५ः१० बजेको समयमा दुर्घटना हुँदा खड्काको मृत्यु भएको थियो ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत खड्काको शव मंगलवार राति नै सुर्खेत लगिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । डा. खड्का प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काकी श्रीमती हुन् ।
नेपालगञ्जदेखि काँकडभिट्टातर्फ जाँदै गरेको भे १ ख ३३३५ नम्बरको बस र बुटवलदेखि नेपालगन्जतर्फ आउँदै गरेको बा १३ छ ८२५३ नम्बर जीप एक आपसमा ठोक्किँदा उनको मृत्यु भएको हो । दुर्घटनामा कार चालक गोरखाका ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको छ ।
प्रकाशित मिति : २०८० जेठ १७ गते बुधबार