२०८३ असार १७ , बुधबार

गुर्भाकोटमा भरुवा बन्दुक सहित एक जना पक्राउ



सुर्खेत । गुर्भाकोटमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–९ का गणेश बहादुर डाँगी रहेका छन् । उनलाई वोटेचौर प्रहरीले पक्राउ गरेको हो । डाँगीले मादक पदार्थ सेवन गरी घरपरिवारलाई कुटपिट गरिरहेको भनी उनको बुबाले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले सूचना पाउनासाथ उनको घरमा पुगेको थियो । प्रहरीले उनको सुत्ने कोठामा खोजतलास गर्दा खाटमुनि लुकाई राखेको भरुवा बन्दुक एक थान र ३ वटा सानो प्लास्टिकको बट्टामा राखेको बारुद फेला पारेर बरामद गरेकाे छ । डाँगीलाई भने थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय छिन्चुको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहीबार