भ्रम फैलाएको भन्दै समीक्षा अधिकारीले दिइन् प्रहरीमा उजुरी

खबरदृष्टि सम्वाददाता १० भाद्र २०८०, आईतवार १९:५८

काठमाडौँ । गायिका समीक्षा अधिकारीले आफूविरुद्ध भ्रम फैलाएको भन्दै भ्रम फैलाउनेविरुद्ध कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छन् । उनलाई अस्ट्रेलियाले भिसा नदिएर कालोसूचीमा राखेको हल्ला फैलाइएको थियो । उनले वास्ताविक कुरा नबुझी आफ्नो सामाजिक सञ्जाल प्रचारका लागि कसैको जीन्दगीसँग खेलावाड गर्नु जघन्य अपराध भएको बताएकी छन् ।

उनले केही फेसबुक पेजहरूको नामै उल्लेख गरेर प्रहरीमा उजुरी दिएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अस्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा मलाई अस्ट्रेलियाले ब्ल्याकलिस्टमा राखेकोु भन्ने झुटो खबर फैलाइएकोमा त्यसको प्रतिवादस्वरुप केही सञ्जालहरू किटान गरी जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएकी छु ।

वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जीन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध रहेको मेरो निष्कर्ष रहेको छ । साथै, सबै सञ्चारमाध्यमहरूलाई पनि यथार्थ बुझेर मात्र समाचार सम्प्रेषणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु ।’

Next Post

विद्युत प्राधिकरण र नगरपालिका बिच जुहारी : वीरेन्द्रनगरका हाइमास बत्ती बलेनन्

१० भाद्र २०८०, आईतवार १९:५८
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर दैलेख रोड चोकमा राखिएको हाइमास बत्ती बल्न छोडेको झण्डै तीन महिना भन्दा बढी भइसकेको छ । यहाँका स्थानीयदेखि व्यवसायीहरूले हाइमास बत्ती बनाइदिन नगरपालिकालाई बारम्बार आग्रह गरे पनि यसतर्फ ध्यान नदिइएको आरोप लगाएका छन्। विगतमा वीरेन्द्रनगरका मुख्य चोक चोकमा राखिएका हाईमास लाइट बल्न थालेपछि निकै खुसी भएका […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031