२०८३ वैशाख ११ , शुक्रबार

खबरदृष्टि समाचार प्रभाव : दैलेख रोड चोकमा बल्यो हाइमास बत्ती



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित दैलेख रोड चोकमा हाइमास बत्ती बिग्रेको करिब चार महिनापछि बलेको छ । गत वैशाखबाट बिग्रेर बन्द भएको हाइमास बत्ती सोमबार बेलुकाबाट बलेको हो । खबरदृष्टिले भदौ २८ गते सोमबार ‘ विद्युत प्राधिकरण र नगरपालिका बिच जुहारी : वीरेन्द्रनगरका हाइमास बत्ती बलेनन्’ शीर्षकमा समाचार सार्वजनिक गरेको थियो ।

 

उक्त समाचार सार्वजनिक भएको केही घण्टामै नगरपालिकाले प्राधिकरणसँग पहल गरेर उक्त हाइमास बत्ती मर्मत गरेको हो । नगरपालिकाका जिन्सी शाखा प्रमुख खड्क केसीले बारम्बार प्राधिकरणलाई बत्ती बनाउन आग्रह गर्दा पनि प्राधिकरणले वास्ता नगरेपछि सोमबार प्राधिकरणको कार्यालयमै गएर बत्ती बनाउन लगाएको जानकारी दिए ।

 

उनले बत्ती बल्न थालेपछि पैदल यात्रुलाई निकै सहज भएको बताए । यसअघि यहाँका स्थानीयदेखि व्यवसायीहरूले हाइमास बत्ती बनाइदिन नगरपालिकालाई बारम्बार आग्रह गरे पनि त्यसतर्फ नगरपालिकाले ध्यान नदिएको आरोप लगाएका थिए । हाइमास बत्ती बल्न थालेपछि स्थानीय, व्यवसायी तथा पैदल यात्रुहरूले खुसी व्यक्त गरेका छन् ।

यो हेर्नुहोस् ।

विद्युत प्राधिकरण र नगरपालिका बिच जुहारी : वीरेन्द्रनगरका हाइमास बत्ती बलेनन्

प्रकाशित मिति : २०८० भदौ १२ गते मंगलबार