२०८३ वैशाख १३ , आइतबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा



कोशी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन्। ३० दिनभित्र विश्वासको मत पाउनुअघि नै उनले राजनीतिक निकासका निम्ति राजीनामा दिने घोषणा गरेका हुन्। उनले जनताको माग मध्यावधि नभएको भन्दै राजनीतिक निकासका लागि सबै दललाई आह्वान गरे।

‘प्रदेश निर्वाचन अहिले जनताका माग होइन। कतिपय घटनाले पनि जनतामाझ निर्वाचनको माहोल छैन। के कस्तो गरेर गर्न सकिन्छ, त्यसको लागि एमाले तयार छ। अरु दल पनि आउनपर्‍यो। यहाँ सरकारको कुरा रहेन अब,’ उनले भने। उनले सबै दललाई राजनीतिक निकासतर्फ नसोच्ने हो भने मध्यावधिलाई नकार्न नसकिनेसमेत बताए।’

हामी सच्चिएर नजाने हो भने हाम्रा अगाडि देखिएको मध्यावधिलाई नकार्न सकिँदैन। मध्यावधिमा जान एमाले डराउँदैन पनि,’ उनले भने। उनले एमाले सहमति सहकार्यका लागि हरदम तयार रहेको बताए। उनले कोशी प्रदेशमा संवैधानिक व्यवस्था मिच्ने काम भएको पनि स्मरण गरे।

प्रकाशित मिति : २०८० असोज २० गते शनिबार