२०८३ वैशाख १३ , आइतबार

कैलालीमा प्रधानमन्त्री प्रचण्डलाई देखाइयो कालो झण्डा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कैलालीमा कालो झण्डा देखाइएको छ ।क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीका कार्यकर्ताले प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाएका हुन् । सोमबार कैलालीको लम्किचुहा नगरपालिकाको भवन शिलान्यास गर्न गएका प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाएको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी कैलालीले व्याख्यात्मक टिप्पणीको नाममा ‘राष्ट्रघाती एमसीसी सम्झौता’ पास गरेका कारण कालो झण्डा देखाएको जनाएको छ । समाजवादी मोर्चाको सन्देश सभामा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड नगरपालिकाको नवनिर्मित भवन उद्घाटनमा पुगेका थिए।

प्रकाशित मिति : २०८० असोज २९ गते सोमबार