२०८३ वैशाख १३ , आइतबार

रात्रिबस दुर्घटना दुईको मृत्यु, ३४ घाइते



तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रिकालिन बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस बुधवार बिहान ५ः५० बजे अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुई जनाको मृत्यु र ३४ जना घाइते भएका हुन् ।

मृतक दुई मध्य एकको पहिचान खुलेको र एकको पहिचान खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले बताए । धनकुटाको साँघुरी गढी बस्ने वर्ष ४५ को हस्त राई मृत्यु भएको र एकको सनाखत हुन बाँकी रहेको उनले जानकारी दिए ।

घाइतेको दमौलीस्थित रत्नहरी अस्पतालमा २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । घाइते मध्ये रञ्जित परियारको थप उपचारको लागि पोखरा रिफर गरिसकिएको छ । दुर्घटनामा घाइतेको पुरा विवरण सङ्कलन भइरहेको छ ।

प्रकाशित मिति : २०८० मंसिर १३ गते बुधबार