कैलाली। कैलालीको घोडाघोडी नगरपालिका-२ का २६ वर्षीय मोहन अधिकारीको सामूहिक कुटपिटबाट मंगलबार राति मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका-९ घेराघाटमा आफन्तको विवाहमा गएका मोहनलाई स्थानीय विवेक भुललगायत सात जनाको समूहले सामूहिक कुटपिट गरी गम्भिर घाइते बनाएका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कुटपिटबाट सख्त घाइते भएका मोहनलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा ल्याइएको थियो । उक्त अस्पतालले नेपालगन्ज रेफर गरेको थियो । नेपालगन्ज मेडिकल पुर्याइएका उनलाई त्यस अस्पतालले पनि उपचार सम्भव नभएको बताउँदै रेफर गरेपछि उनलाई टीकापुर ल्याइएको थियो ।
टीकापुर अस्पतालका चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएको आरोपमा विवेकसहित सात जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा लम्कीचुहा(९ का २८ वर्षीय बिर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन केसी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाल रहेका छन् ।