२०८३ वैशाख १४ , सोमबार

खोया प्रहारपछि रविको प्रतिक्रिया– यो उपहार सजाएर राख्नेछु



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ। पोखराको अमरसिंह चौरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेमाथि मकैको खोया प्रहार भएको हो।

लमजुङका सन्तोष रानाभाटले भाषण गरिरहेका लामिछानेलाई खोया प्रहार गरेका हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको छ।

अनुसन्धानका क्रममा रानाभाटले आफूले रविलाई ताकेर प्रहार नगरेको प्रारम्भिक बयान दिएका छन्।आफूमाथि खाेया प्रहार भएपछि लामिछानेले आफूमाथि प्रहार गरिएको मकैको खोया सजाएर राख्ने बताएका छन् ।

प्रकाशित मिति : २०८० पुस ७ गते शनिबार