काठमाडौं । सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
सरकारले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उनले बताइन् । उनले प्रदर्शनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गरिने बताइन् ।
प्रकाशित मिति : २०८० पुस १४ गते शनिबार