संरचना भत्काउन आएको नगरपालिकाको डोजरमा ढुङ्गा मुढा, तीन जना घाइते

खबरदृष्टि संवाददाता ३० फाल्गुन २०८०, बुधबार १३:४५

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरेपनि व्यवसायीहरूले अटेर गरेपछि नगरपालिका आफैले आज (बुधवार) डोजर चलाएको छ । वीरेन्द्रनगर–६ को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरपालिकाले डोजर चलाएको हो ।

नगरपालिकाको डोजर आइसकेपछि केही व्यापारीले सामान उठाउन थाले पनि केही व्यापारी भने डोजरमाथि ढुङ्गा मुढा प्रहार गरेका छन् । ढुङ्गा मुढा प्रहारबाट नगरपालिकाको डोजरको सिसा फुटेको छ भने नगरपालिकाका तीनजना कर्मचारी सामान्य घाइते भएका छन् । यी सबै गतिविधि भइरहँदा नेपाल प्रहरी भने मूकदर्शक देखिएको थियो । प्रहरीले माथिबाट आदेश नआएको भन्दै मुकदर्शक बनेको हो ।

नगरपालिकाका कर्मचारीहरुले सहयोग माग्दा पनि माथिको आदेश नआएको भन्दै प्रहरी मुखदर्शक बनेर हेरिरहेको थियो । नगरपालिकाका एक कर्मचारीले आफुहरुमाथि ढुङ्गामुढा हान्दा पनि शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरी मुखदर्शक बनेको बताए । यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रुपेश खड्काले घटनाबारे आफुलाई कुनैपनि जानकारी नभएको बताए ।

नगरप्रमुख मोहनमाया ढकालले प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँग कोडिनेशन गरिरहेको बताइन् । अहिलेपनि नगरका कर्मचारीहरु डोजरसहित घटनास्थलभन्दा केही माथितिर उभिरहेका छन् भने प्रहरी पनि त्यहाँ तैनाथ छ । नगरपालिकाले माघ १७ गते उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो ।

नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका थिए । यो क्षेत्रमा १२५ जना साना व्यवसायीहरूले व्यापार गरिरहेको छन् ।

 

Next Post

शारदा नगरपालिका-३ का तत्कालीन वडाध्यक्ष थापाविरुद्ध मुद्दा दायर

३० फाल्गुन २०८०, बुधबार १३:४५
सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर–३ का तत्कालीन अध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । थापाले मृत्यु भइसकेका व्यक्तिका नाममा वृद्धभत्ता निकासा गरी आफैँले बुझिलिएको पाएपछि आज विशेष अदालतमा मुद्दा दायर भएको हो । थापाले मृत्यु भइसकेका व्यक्तिको नामको ५१ हजार रुपैयाँ लिएको खुलेको गरेको अख्तियार दुरुपयोग […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031