
फाइल तस्बिर
सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले देश एउटा गोलचक्करमा फसेको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै उनले यस्तो बताएका हुन् ।
राजनैतिक विषयमा कुरा राख्दै उनले भने, ‘यो व्यवस्था एउटा गोलचक्करमा फसेको छ, ‘बर्षैपिच्छे सरकार फेरबदल भइरहने हो भने देशले निकास पाउँदैन ।,’ उनले थपे ‘नेपाललाई अहिलेको सत्ता प्रणालीबाट अगाडी नबढाएसम्म स्थिरता आउँदैन ।’ यो विषयमा समाजवादी मोर्चाहरुको धारणा पनि एक रहेको विप्लवको भनाइ छ।
उनले भने ‘बर्षैपिच्छे सरकार फेरबदल भइरहने हो भने देशले निकास पाउँदैन, नेपाललाई अहिलेको सत्ता प्रणालीबाट अगाडी नबढाएसम्म स्थिरता आउँदैन ।’ यो विषयमा समाजवादी मोर्चाहरुको धारणा पनि एक रहेको विप्लवको भनाइ छ ।
महासचिव चन्दले अबको तीन वर्षमा आफ्नो पार्टीलाई आन्तरिक जीवनमा आत्मनिर्भर मात्र नभई चन्दा मुक्त गर्ने लक्ष्य रहेको पनि बताए । सोही अनुसार अहिले कृषि अभियानहरु चलिरहेको उनले बताए ।
उनले साथै स–साना बिघाहरुमा त जिल्ला जिल्लामा कृषि खेतीका कामहरु भइरहेको उनको भनाइ छ । कम्युनिष्ट भनेको श्रमसँग जोडिने उत्पादक शक्ति भएको बताएका छन् । त्यसकारण कम्युनिष्टले श्रमलाई बुझ्न सक्नुपर्ने धारणा उनको भनाइ छ ।
जुम्ला र कालिकोटमा स्याउ खेती सुरु गरेर सुर्खेत फर्किएका उनले श्रमलाई मध्यनजर गरेर आफ्नो पार्टीले आर्थिक क्रान्तिको सुरुवात गरेको बताए । जुम्ला र कालिकोट पुग्दा जनयुद्धको जस्तै जनताको साथ रहेको पनि उनले बताए ।