२०८३ जेठ ६ , बुधबार

वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । वीरेन्द्रनगर-२ ढोडेखालीस्थित रेडियो नेपालबाट बाङ्गेसिमलतर्फ जाँदै गरेको  कर्णाली प्रदेश ०२००२ प ८९६५ नम्बरको मोटसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक दैलेख दुल्लु नगरपालिका- १ बस्ने वर्ष २८ का पदम खड्का र सोही ठाउँ बस्ने वर्ष २९ का रमेश कुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले खबरदृष्टिलाई जानकारी दिए।

उनकाअनुसार पदमको दायाँ आँखा र घुँडामा चाेट लागेको छ भने रमेशको निधारमा चोट लागेको छ । उनीहरूको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० चैत २९ गते बिहीबार