२०८३ जेठ ६ , बुधबार

भेरी नदीमा डुबेर बेपत्ता शिवालयका बुढाको शव फेला



सुर्खेत । भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जाजरकोटको शिवालय गाउँपालिका-३ का कमल बुढाको शव फेला परेको छ । गत चैत २९ गरे दिउँसो १ बजे रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भेरी नदिमा नुहाउने क्रममा बेपत्ता भएका बुढाको शव आइतवार फेला परेको हो ।

बुढाको शव बेपत्ता भएको ठाउँबाट ५० मिटर तल भेरी नगरपालिका-१२ बारेला भन्ने स्थानको भेरी नदीको बिच भागमा फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उनी चौरजहारी नगरपालिका-३ मा निर्माणधिन अस्पतालको काम गर्दै आएका थिए ।

प्रकाशित मिति : २०८१ वैशाख २ गते आइतबार