२०८३ जेठ ६ , बुधबार

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु



May be an image of 5 people and text

सुर्खेत । रुकुम पश्चिममा मिनि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा रा १ ख ३२१७ नम्वरको मिनि ट्रकले रा ६ प ८५५८ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा त्रिवेणी गाउँपालिका–४ खाराका ४५ वर्षिय जयबहादुर गिरीको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठले जनाकारी दिए । प्रहरीले ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका ७ निवासी २९ वर्षिय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिएको छ । घटनास्थलमा रहेका स्थानीयहरुले ट्रक तोडफोड गरेका छन् ।

प्रकाशित मिति : २०८१ वैशाख १८ गते मंगलबार