२०८३ जेठ ४ , सोमबार

टी-२० विश्वकप : चौकुने वडा नम्बर ७ ले नेपाल क्रीकेट टिमको नाममा वृक्षारोपण गर्ने



सुर्खेत । सुर्खेतको चौकुने वडा नम्बर ७ ले नेपाल क्रीकेट टिमको नाममा वृक्षारोपण गर्ने घोषणा गरेको छ । वडा नम्बर–७ ले नेपालको सबै खेलमा बनेको रन बराबर क्रीकेट टिमको नाममा वडाका सडक छेउछाउ वृक्षारोपण गर्ने घोषणा गरेको हो ।

मंगलवार वडाध्यक्ष धनिराम धमलाले एक विज्ञप्ती जारी गर्दै नेपालको सबै खेलमा बनेको रन बराबर क्रीकेट टिमको नाममा वडाका सडक छेउछाउ तथा सार्वजनिक स्थलमा वृक्षारोपण गर्ने घोषणा गरेको जानकारी दिएका हुन् ।

आईसीसी टी–ट्वेन्टी विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्डस्सँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार मंगलबार राति साढे ९ बजे ग्राण्ड प्रेरी रंगशाला डालसमा सुरु हुनेछ ।

प्रकाशित मिति : २०८१ जेठ २२ गते मंगलबार