२०८३ जेठ ५ , मंगलबार

जन्मदिनमा डाक्टर शाहीले गरे बादी समुदायका बालबालिकालाई सहयोग



सुर्खेत । कर्णाली प्रदेश अस्पतालका प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. ललितजंग शाहीले आफ्नो जन्मदिनको अवसरमा बादी समुदायका बालबालिकालाई सहयोग गरेका छन् । उनले सुर्खेतमा रहेको बादी सरोकार मञ्च नेपालद्वारा संचालनमा रहेको आवास गृहमा स्टेसनरी तथा खाद्यान्न सहयोग गरी बालबालिकासंगै जन्मदिन मनाएका छन ।

उक्त आवासगृहमा कर्णालीका बादी समुदायका बालबालिकाहरुलाई अध्यन गर्ने गर्छन् । जहाँ उनिहरुलाई खान र बस्नको सुविधा पनि रहेको छ । बादी समुदायका बालबालिकाको निम्ती केही सहज होस भनी आवश्यक सहयोग गरेको डा शाहीको भनाई रहेको छ ।

प्रकाशित मिति : २०८१ साउन १० गते बिहीबार