वीरेन्द्रनगरमा ‘प्रथम खुल्ला फुटबल तथा बी डिभिजन ब्याटमेन्टन कप’ हुँदै 

खबरदृष्टि सम्वाददाता ४ आश्विन २०८१, शुक्रबार १९:०३

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा ’प्रथम खुल्ला फुटबल तथा बी डिभिजन ब्याटमेन्टन कप’ आयोजना गर्न लागिएको छ । यो प्रतियोगिता वीरेन्द्रनगर नगरपालिका २ नम्बर वडाको आयोजनामा र सामाजिक विकास युवा क्लबको समन्वयमा विजया दशमी र शुभ दीपावलीको अवसरमा हुने भएको हो।

प्रतियोगिता असोज १३ देखि १९ गतेसम्म सञ्चालन हुनेछ। फुटबलमा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउने छन् । यस्तै, ब्याटमेन्टनका लागि पनि प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ’म्यान अफ द म्याच’ पुरस्कार र ट्रफी पनि प्रदान गरिने आयोजकले जनाएको छ। सहभागिताका लागि इच्छुक टिमले असोज ६ देखि ११ गतेसम्म दर्ता गर्नुपर्नेछ।

फुटबलका लागि ५ हजार १ सय र ब्याटमेन्टनका लागि १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । यस प्रतियोगिताले स्थानीय खेलकुदको प्रोत्साहन र युवा प्रतिभाको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

Next Post

कति बजे छ दसैं टीकाको उत्तम साइत ?

४ आश्विन २०८१, शुक्रबार १९:०३
सुर्खेत । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११:३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। दशैं पर्व २०८१ सालको असोज १७ गतेबाट शुरू हुँदैछ, जसको पहिलो दिन घटस्थापना हो। घटस्थापनाको शुभ साइत बिहान ९:१६ मा निर्धारण गरिएको छ। असोज १८ गते झण्डा फेर्ने […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031