कर्णालीको चलेन ब्याट, जनकपुरलाई फाइनल पुग्न ११९ रनको लक्ष्य

खबरदृष्टि सम्वाददाता ४ पुष २०८१, बिहीबार १४:१०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायर-२ मा जनकपुर बोल्ट्सले फाइनलमा पुग्न ११९ रनको सामान्य लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले पूरै ओभरमा ९ विकेटको क्षतिमा ११८ रन बनाएको हो ।

जनकपुरका बलरसामू कर्णालीको ब्याट चल्न सकेन । गुल्शन झाले २५ र देव खनालले २४ रन जोडे । विलियम बोसिस्टोले १४, जिशान मक्सुदले १२ र च्याडविक वाल्टनले ११ रन बनाए । अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

जनकपुरका लागि ललित राजवंशी र मोहम्मद मोहसिनले २–२ विकेट लिए । हर्ष थाकेर, जेम्स निशाम र शेर मल्लले १–१ विकेट लिए । यस खेलको विजेताले फाक्इनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Next Post

वीरेन्द्रनगरमा घरभित्र निसास्सिएर आमा छोराको मृत्यु

४ पुष २०८१, बिहीबार १४:१०
सुर्खेत । सुर्खेतमा घरभित्र निसास्सिएर आमा छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–४ भैरबस्थानको समावेशी टोल बस्ने ३० वर्षीया देवीसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापा रहेका छन् । घरभित्र सुतिरहेका आमा, छोराको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031