वीरेन्द्रनगरमा मापदण्डविपरीतका ५७ अटो नियन्त्रणमा

खबरदृष्टि सम्वाददाता २६ पुष २०८१, शुक्रबार १३:३०

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा मापदण्डविपरीत संचालित अटोहरूको नियन्त्रणमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले नगरपालिकासँग समन्वय गर्दै बजार क्षेत्रमा सञ्चालन भइरहेको अव्यवस्थित अटोहरूको चेकजाँच तीव्र पारेको हो । बिहीबार ट्राफिक प्रहरीको टोलीले लाइसेन्स, दर्ता र रुट परमिट बिना संचालन भइरहेका ५७ वटा अटोलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले बिहीबार ट्राफिक प्रहरीको टोली परिचालन गरी मापदण्ड पूरा नगरी चलाएका ५७ अटोलाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनले नगरपालिकाको समन्वयमा मापदण्ड विपरीतका अटोलाई नियन्त्रणमा लिएर आवश्यक चेकजाँच गर्ने अभियान सञ्चालन गरेको जानकारी दिए ।

प्रहरी निरीक्षक सुनारले बढ्दो सवारी दुर्घटना, अव्यवस्थित पार्किङ र राज्यको सवारी ऐन विपरीत खुलेआम संचालन भइरहेका अटोहरूलाई नियन्त्रणमा लिने गरेको बताए । उनले अटो मात्र नभइ अन्य सवारी साधनहरूमा समेत कडाइका साथ चेकजाँच गर्ने गरेको बताए । ‘बढ्दो सवारी दुर्घटना र अव्यवस्थित पार्किङका कारण हामीले यी अटोहरूलाई नियन्त्रणमा लिएका हौं,’ सुनारले भने, ुअबदेखि यी अटोहरूको मापदण्डका अनुसारको चेकजाँच कडा रूपमा गरिनेछ ।’

Next Post

ट्राफिकलाई छैन साथ, प्रशासन मौन

२६ पुष २०८१, शुक्रबार १३:३०
कुलेन्द्र शाही, सुर्खेत । कर्णाली प्रदेशमा रातो नम्बर प्लेटको गाडीले धमाधम भाडाका यात्रु बोक्ने गरेका छन् । निजी गाडी (रातो प्लेट) नम्बरका गाडीले भाडाका यात्रु बोक्न नपाउने प्रावधान छ । तर पनि कर्णालीका सबै ठाउँमा निजी गाडीले खुलेआम भाडाका यात्रु बोक्ने गरेको छन् । यसमा जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031