२०८२ माघ ७ , बुधबार

माओवादी केन्द्र प्रदेश कमिटी सदस्य रम्तेल एमालेमा प्रवेश



सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य मोतिराम रम्तेल नेकपा एमालेमा प्रवेश गरेका छन् । रम्तेललाई एमाले सुर्खेत जिल्ला कमिटीको कार्यालय वीरेन्द्रनगरमा नेकपा एमालेका स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरख बोगटीले आज स्वागत गरेका हुन् ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीमा वैकल्पिक प्रदेश सदस्य रहेका रम्तेल यसअघि अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय सचिव तथा कर्णाली प्रदेश कमिटीका अध्यक्ष समेत थिए । रम्तेलले माओवादीभित्र नातावाद, कृपावाद, अवसरवाद चुलिएको भन्दै इमान्दार कार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था आएको बताएका छन् । रम्तेल सुर्खेतको चिङ्गाड गाउँपालिका-३ का स्थायी वासिन्दा हुन् ।

प्रकाशित मिति : २०८१ माघ ५ गते शनिबार