कुशेमा घाँस काट्दै गर्दा लडेर एकजनाको मृत्यु

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ८ फाल्गुन २०८१, बिहीबार १३:४०

सुर्खेत । जाजरकोटमा घाँस काट्दै गर्दा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादी रहेकी छिन् ।

आज (बिहीवार) बिहान कुशे–१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भिरबाट लडेर वादीको घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए ।

Next Post

राजनीतिक स्थिरता र सुशासन कायम गर्न काँग्रेस र एमाले मिलेका हौ : शेखर कोइराला

८ फाल्गुन २०८१, बिहीबार १३:४०
सुर्खेत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आर्थिक अवस्था सुधार, राजनीतिक स्थिरता र सुशासन कायम गराउने उद्देश्यले दुई ठूला दल काँग्रेस र एमालेबीच सहकार्य भएको बताएका छन् । बिहीबार पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत आएका कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘देशमा सुशासन छँदैछैन भन्दा पनि फरक […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930