२०८३ वैशाख २९ , मंगलबार

फ्रान्सेली राज्यक्रान्तिपछि नेपाेलियनकाे उदय र शाही शासनको अन्त संगै सैनिक शासनको अभ्यूदय



फ्रान्सेली राज्यक्रान्ति फ्रान्सको इतिहासको राजनैतिक र सामाजिक उथल-पुथल तथा आमूल परिवर्तनको अवधि थियो, जुन १७८९ देखि १७९९ सम्म चलेको थियो। नेपोलियन बोनापार्टले फ्रान्सेली साम्राज्यको विस्तारद्वारा केही अंशसम्म यस क्रान्तिलाई अधि बढाएका थिए। क्रान्तिको फलस्वरूप राजालाई गद्दीबाट हटाई गणतन्त्रको स्थापना भएको थियो।
यस क्रान्तिले आधुनिक इतिहासको दिशा परिवर्तन गरिदिएको थियो। यसबाट विश्वभर निरपेक्ष राजतन्त्रमा ह्रास आउन सुरु भएको थियो। इतिहासकारहरूले यो क्रान्तिलाई मानव इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना मान्दै आएका छन्।
याे आन्दोलनले फ्रान्सेली राजतन्त्रको अन्त्य प्रजातान्त्रिक र धर्म निरपेक्ष गणराज्यको स्थापना गरेको थियाे। सकृय राजतन्त्रको अन्त भै नेपाेलियन वाेनापार्ट जस्ता अधिनायकवादी तथा सैन्यवादी शासकको उदय भएको थियाे।
क्रान्तिपछिको तीन वर्ष सत्ता कब्जाका लागि गरिएका पहलहरू निकै सङ्घर्षपूर्ण भएको थियो। अस्ट्रिया, बेलायत र प्रशिया जस्ता बाहिरी शक्तिहरूले यस क्रान्तिलाई खतराको रूपमा हेरेका भएपनि फ्रान्सेली जनताको संघर्षले क्रान्ति सफल भएको थियाे।
लुई साेह्रौको शासन अन्त्य गरी २२ सेप्टेम्बर १७९२ मा पहिलो फ्रान्सेली गणतन्त्रको स्थापना भएपछि सन् १७९३ को जनवरीमा राजालाई मृत्युदण्ड दिइएको थियो। जुन महिनामा भएको पेरिस विद्रोहले संसदमा अधिपत्य जमाएका जिरोन्दलाई माक्सिमिलिये रबस्पियरको नेतृत्वमा रहेको सुरक्षा निकायले विस्थापित गरेको थियो।
फ्रान्सेली राज्य क्रान्तिले विश्वव्यापी रूपमा गणतन्त्र र प्रजातन्त्रको उदयको गतिलाई तीब्र बनाएको थियाे। यसले उदारवाद, पुरातनवाद, राष्ट्रवाद, धर्म निरपेक्षता र अन्य धेरै राजनैतिक आदर्शहरूको विस्तारको लागि दिशानिर्देश गरेको थियो।
मेरि एन्टोइनेट लुई साेर्हाैकि रानी थिईन। उनलेे प्रयाेग गर्ने लुगालत्ता र मेकअपका सामानहरु बिदेशवाट अाउने गर्दथ्याे। उनकाे जन्म २ नोभेम्बर १७५५ मा भएको थियाे। उनी फ्रान्सकी अन्तिम महारानी थिइन् ।
एन्टाेईनेट अस्ट्रियाका साम्राज्ञी र सम्राट फ्रान्सिसको कान्छी छोरी थिइन् । १४ वर्षको उमेरमा मे १७७० मा उनको विवाह लुई सोह्रौँसँग भएकाे थियाे।
१० मे १७७४ मा उनका पति लुई साेर्हाैले राजगद्दी सम्हालेसँगै उनी फ्रान्सको महारानी बनिन।  २१ सेप्टेम्बर १७९२ सम्म उनी फ्रेन्चको महारानी भइन्।

    क्रान्ति सफल भएपछि फ्रान्समा २१ सेप्टेम्बर १७९२ मा राजतन्त्र अन्त्य भएको घोषणा गरियो। लुइ सोह्रौलाई २१ जनवरी १७९३ मा मृत्युदण्ड दिइयो। मेरि एन्टोइनेटको सुनुवाई पनि १४ अक्टोबर १९९३ मा सुरु भयो र क्रान्तिकारी अदालतले उनलाई देशद्रोहको मुद्दामा आरोपित भएको फैसला गर्यो र प्लेस डि ला रिभोलुसनमा गिलेटिनबाट मृत्युदण्ड दिइयो।

     राजतन्त्रकाे समुल नष्ट भएसंगै फ्रान्समा शैनिक शासनको सुरुवात भयाे। तत्कालीन समयमा नेपोलियन बोनापार्ट एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए । राज शाहीकाे अन्त गर्न उठेको फ्रान्सेली राज्य क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा उनलेे फ्रान्समा ठूलो ख्याति कमाए ।
उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा र फेरी दोस्रोपटक फ्रान्सको सम्राट भए । क्रान्तिकारी युद्ध तथा उनका समयमा भएका सबै युद्धमा उनले फ्रान्सलाई नेतृत्व गर्दै सम्पूर्ण युरोपलाई आफ्नो अधिनमा राखेर विभिन्न देशका संयुक्त फौजको विरुद्ध उभिए।
सन् १८१५ को पराजयपूर्व उनले प्राय सबै लडाइँहरू जितेर युरोप महादेशका लगभग पूरै भूभागमा कब्जा गरेका थिए। नेपोलियनले युरोपभर धेरै मात्रामा उदारवादी सामाजिक सुधारहरू लागू गरे। जनतामाथि महाजनहरूको आधिपत्यको उन्मुलन, सबै वर्गका जनताका लागि समान कानुन, धार्मिक सहिष्णुता तथा सम्बन्धबिच्छेदलाई कानुनीमान्यता जस्ता सामाजिक सुधारहरूका कामहरू उनलेे गरेका थिए।

प्रकाशित मिति : २०७९ वैशाख ३ गते शनिबार