जाजरकोटमा ट्याक्टर दुर्घटना : चारजना घाइते

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २१ फाल्गुन २०८१, बुधबार ११:२६

सुर्खेत । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा चारजना घाइते भएका छन् । सरिया लोड गरी खलङ्गा बजारदेखि कालेगाउँतर्फ जाँदै भे २ त १६७३ नम्बरको ट्याक्टर भेरी नगरपालिका–१, बराहथानस्थित आज (बुधवार) बिहान ९ बजेको समयमा दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा ट्याक्टर चालक कुशे गाउँपालिका–५ बस्ने वर्ष २५ का भिम परियार, भेरी नगरपालिका–४ बस्ने वर्ष २१ का प्रकाश वादी, छेडागाड नगरपालिका–५ बस्ने वर्ष १८ का बालकृष्ण परियार र सोही ठाउँ बस्ने वर्ष १८ का धर्मराज खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

घाइते दुईजनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोटबाट नेपालगञ्ज रिफर गरिएको डिएसपी पाण्डेले बताए । ट्याक्टर ओरालो सडकमै ट्रयाली पल्टिन जाँदा दुर्घटनामा परेको थियो ।

Next Post

गाउँपालिका अध्यक्ष गुप्ता लागुऔषध कारोबारमा दोषी ठहर

२१ फाल्गुन २०८१, बुधबार ११:२६
नवलपरासी । नवलपरासी (पश्चिम) को पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता लागुऔषध कारोबार अपराधमा अदालतबाट दोषी ठहर भएका छन् । जिल्ला अदालत नवलपरासी (पश्चिम) का न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्ता र गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई दोषी ठहर गरेको हो । धोबी २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031