सुर्खेतमा इच्छा विपरीत रंग लगाउने र लोला हाने कारबाही हुने

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २८ फाल्गुन २०८१, बुधबार १७:१८

सुर्खेत । होलीमा तडक–भडकसहित होहल्ला गरेर होली मनाएमा कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भडक–भडकसहित होहल्ला गरि समाजलाई असर पारेर होली पर्व मनाउनलाई कारवाही गर्ने भएको हो ।

नेपालीहरूले उल्लासपूर्ण रूपमा मनाउँदै आएको रंगहरुको पर्व फागु पूर्णिमा (होली) पर्वको ऐतिहासिक महत्व बोकेको सांस्कृतिक गौरवको यो पर्व सामाजिक सद्भाव र भाइचारा कायम गर्दै न्यायपूर्ण समाज निर्माण गर्न प्रेरक रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

विगतको तुलनामा हालैका वर्षहरूमा होली पर्व मनाउने नाउँमा अनावश्यक तडक–भडक सहितका विभिन्न खर्चिला भड्किला कार्यक्रमहरू हुने गरेको पाइएकोले सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी गीता बरै मगरले बताइन् ।

‘तसर्थ, चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झै–झगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति सुरक्षामा खलल गर्ने, कसैको इच्छा विपरीत रङ्ग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ्ग दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जानसक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न नगराउन सबैमा अनुरोध गरेका छौं,’ उनले भनिन्,

‘साथै, आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन हुन अनुरोध छ । कोही कसैले यस्ता अमर्यादित, उच्छृल, अवाञ्छित एवम् गैरकानूनी क्रियाकलाप गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।’

 

Next Post

एमाले सरकारको नेतृत्वले नागरिककाे शिर उचो हुने गरि काम गरेको छ : मुख्यमन्त्री कँडेल

२८ फाल्गुन २०८१, बुधबार १७:१८
सुर्खेत । नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले एमालेले सरकारको नेतृत्व गर्दा नागरिक शिर उचो हुने गरि काम गरेको बताएका छन् । नेकपा एमाले भेरीगंगा नगर कमिटीले आयोजना गरेको नगर स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। एमालेले सरकारको नेतृत्व गरेको सरकारले नाकाबन्दीको […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031