१७२ यात्रु बोकेको अमेरिकन एयरलाइन्सको विमानमा आगलागी

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १ चैत्र २०८१, शुक्रबार ०९:५६

वासिङटन डिसी । अमेरिकाको डेनभरमा बिहीवार अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएको छ। विमान डेन्भर विमानस्थलमा पार्क गरिएको थियो।

आगोले विमान धुवाँले भरिएको थियो। रिपोर्टका अनुसार अमेरिकन एयरलाइन्सको उडान १००६ मा १७२ यात्रु थिए। विमान कोलोराडो स्प्रिंग्सबाट डलास-फोर्ट वर्थ उडेको थियो। अमेरिकन एयरलाइन्सको यो विमान बोइङ ७३७-८०० हो।

एयरलाइन्सका प्रवक्ताले दुर्घटनाबाट कुनै पनि यात्रुको स्वास्थ्यमा असर नपरेको बताएका छन्। आगो छिटो नियन्त्रणमा लिएकोमा एयरलाइन्सले विमानस्थल प्राधिकरणलाई धन्यवाद दिएको छ।

Next Post

रुखले च्यापिएर दैलेखमा दुई जनाको मृत्यु

१ चैत्र २०८१, शुक्रबार ०९:५६
सुर्खेत। दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भैरवी गाउँपालिका–५ ढाडगाँउ स्थित सियाला सामुदायिक वनको खाल्डाँडा भन्ने स्थान स्वर्गीय बाल कुमारी शाहीको वार्षिक पुण्य तिथिका लागि दाउरा काट्न गएका दुई जनाको रुख ढाल्ने क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा ४९ वर्षीय तर्कबहादुर शाही र २७ […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930