२०८३ जेठ २० , बुधबार

गाडीको ढोकाबाट लडेर सिम्ताका एक जनाकाे मृत्यु



सुर्खेत । सल्यानकाे छिन्चु–जाजरकोट सडक खण्ड अन्तरगत सल्यानको बनगाड कुपिन्डे नगरपालिका– १ बाङगिरामा गुडिरहेको गाडीको ढोकाबाट लडेर एक यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका–५ का २८ वर्षीय गणेश बुढा रहेका छन् ।

बिहीबार साँझ ६ बजे कर्णाली प्रदेश ०२००१ ख ०७९० को फोर्स गाडीको ढोकामा झुन्डिएर यात्रा गरिरहेका उनको ढोकाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।

उनकाअनुसारका गाडी बाँकेको नेपालगन्ज हुँदै सुर्खेतको गोजीबजार जाँदै थियो । लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्नेतले बताए ।

चालक सुर्खेतको सिम्ता गाउँपालिका – ५ का ४३ वर्षीय जिवराज गिरीसहित गाडी इलाका प्रहरी कार्यालय देवस्थलको नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत २२ गते शुक्रबार