२०८३ जेठ २० , बुधबार

जाजरकोट केन्द्रबिन्दु भएर भुकम्प



सुर्खेत ।  जाजरकोट केन्द्रबिन्दु भएर भुकम्प गएको छ । साँझ ८ बजेर १० मिनेटको समयमा कुशे गाउँपालिका पैक केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भुकम्प गएकाे राष्ट्रिय भूकम्प माापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्पको महसुस जाजरकोट, सुर्खेत, दैलेख, सल्यान, कालिकोटलगायतका जिल्लामा गरिएको छ ।

भूकम्प गएपछि नागरिकहरु सडकमा निस्किएका छन् । हिजाे (बिहीबार) साँझ ५ बजेर ४ मिनेटमा दार्चुलामा पनि भूकम्प गएकाे थियाे ।

प्रकाशित मिति : २०८१ चैत २२ गते शुक्रबार