मुड्केचुलामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन हुँदै

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २५ चैत्र २०८१, सोमबार २१:२८

पूर्ण सार्की, डोल्पा । डोल्पाको मुड्केचुला गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ। स्थानीय युवामा खेलकुदको भावना जागृत गर्ने र प्रतिभालाई प्रोत्साहन दिने उद्देश्यले नयाँ वर्षको अवसर पारेर यही वैशाख १ गते देखि मुड्के चुलामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए।

गाउँपालिकाको आयोजनामा हुने खेलकुद प्रतियोगितामा खुला वडा स्तरीय पुरुष भलिबल, खुला ब्याडमिन्टन एकल र खुला ब्याडमिन्टन डबल खेलहरू खेलाइने अध्यक्ष शाहीले बताए । अध्यक्ष शाहीका अनुसार प्रतियोगितामा खुला वडा स्तरीय पुरुष भलिबलको दर्ता शुल्क ५ हजार,खुला ब्याडमिन्टन एकल तर्फ दर्ता शुल्क १ हजार र खुला ब्याडमिन्टन डबल तर्फ २ हजार ५ सय दर्ता शुल्क लाग्ने छ।

खेलकुदका लागि दर्ता समय २०८२ वैशाख १ गते बिहान १० बजे सम्म खुला रहने छ। प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम स्थान हासिल हुने टिमले नगद रु एक लाख, द्वितीय हुने टिमले नगद रु ५० हजार सँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। दुवै खेलका विद्यामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ।

त्यस्तै खुला ब्याडमिन्टन एकल तर्फ प्रथम हुनेले २० हजार, द्वितीय हुनेले दश हजार र सँगै ट्रफी, खुला ब्याडमिन्टन डबल तर्फ प्रथम हुनेले नगद रु ५० हजार द्वितीय हुनेले नगद रु २५ हजार सँगै ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक गाउँपालिका जानकारी दिएको छ।

अध्यक्ष कप खेलकुद प्रतियोगिताको नयाँ वर्षको अवसर पारेर २०८२ साल वैशाख १ गते उद्घाटन हुने र सम्पूर्ण डोल्पा बासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण सरोकारवाला निकायहरू उपस्थित भई खेलकुदको रौनकता बढाउन गाउँपालिकाले आग्रह समेत गरेको छ।

Next Post

आँखा शिविरबाट ६ सय जना लाभान्वित

२५ चैत्र २०८१, सोमबार २१:२८
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाट–सिँजा स्वास्थ्य चौकीमा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरबाट छ सय एकजना लाभान्वित भएका छन् । सो गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । त्यस्तै, स्थानीय जनताको आँखाको […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930