२०८३ जेठ २० , बुधबार

पहुँँचका आधारमा बजेट बाँडफाँड हुनु दुःखद : पूर्वमुख्यमन्त्री शाही



हुम्ला । सेवाग्राहीका लागि गरिने काम पहुँचका आधारमा गरिनु दुःखद भएको कर्णाली प्रदेशका पूर्वमुन्त्री जीवनबहादुर शाहीले बताएका छन्। बिहीबार जिल्ला समन्वय समिति हुम्लाकाे आठौँ जिल्ला सभाको उद्घाटन गर्दै उनले सबै तहमा योजना तर्जुमाको समय आएको र विशेष गरी संघका कार्यक्रम पाउन पहुँचको आवश्यकता पर्ने गरेको बताए।

आवश्यकताका आधारमा नभई पहुँच र भनसुनका आधारमा योजना बाँडिदा विकासले सार्थकता नपाउने उनले बताए। बजेट वितरण प्रणाली पनि असमान रहेको भन्दै उनले त्यसलाई सुधार गर्न जोड दिए। आफ्नो आन्तरिक श्रोत कम भएका कर्णालीका स्थानीय तह संघीय सरकारबाट योजना पाउन कठिन भइरहेको भन्दै उनले जता पनि पहुँच आवश्यक हुनु गलत भएको टिप्पणी गरे। उनले स्थानीय तहलाई संघ र प्रदेशबाट जे–जति बजेट तथा कार्यक्रम आउँछ त्यसको सही उपयोग गर्न सुझाव दिए।

प्रकाशित मिति : २०८१ चैत २८ गते बिहीबार