सुर्खेत वाणिज्य संघको निर्वाचनबाट एमाले निकट व्यवसायीको बहिर्गमन

११ उम्मेदवारको उम्मेदवारी फिर्ता

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ३१ चैत्र २०८१, आईतवार १८:४०

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको आसन्न निर्वाचनअघि नेकपा एमाले र माओवादी केन्द्र निकट व्यवसायी संगठनले संघको निर्वाचन प्रक्रियाबाट आफूहरू अलग भएको घोषणा गरेका छन् । संगठनसँग आवद्ध ११ जना उम्मेदवारहरूले विभिन्न पदका लागि दिएका उम्मेदवारी फिर्ता लिएसगै आफुहरु निर्वाचन प्रक्रियामा सहभागि नहुने घोषणा गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कलाधर उपाध्याय (केदार)ले वाणिज्य संघको नेतृत्वमा सर्वसम्मत चयन गराउन आफुहरुले उम्मेदवारी फिर्ता लिएको बताए । उनले नेतृत्व तहबाट बारम्बार संवाद र समन्वयको प्रयास गर्दा पनि व्यवहारिक प्रतिबद्धता नदेखिएकाले यस्तो निर्णय लिनुपरेको बताए ।

‘विगतका निर्वाचनहरूमा देखिएको अत्यधिक खर्चिलो, भड्किलो र अस्वस्थ प्रतिस्पर्धाको झल्को यसपटक पनि देखिन थालेपछि अहिलेको जटिल आर्थिक अवस्थामा त्यो अवस्था थप अव्यावहारिक लाग्यो, ‘उपाध्यायले खबरदृष्टिसँग कुरा गर्दै भने, ‘त्यसैले हामीले सामूहिक रूपमा उम्मेदवारी फिर्ता लिएका हौँ।,’

उम्मेदवारी फिर्ता लिने अन्य उम्मेदवारहरूमा प्रेम बहादुर रावत, पूर्ण प्रसाद पाण्डे, ज्ञानेन्द्र बहादुर विश्वकर्मा, अर्जुन जङ शाही, महेन्द्र प्रसाद शर्मा, धन बहादुर चुनारा, टेक बहादुर थापा, रेशम ढकाल, भानुभक्त खड्का र हिमा उपाध्याय छन् ।

उपाध्यायले वाणिज्य संघको निर्वाचनमा सहभागी नहुने स्पष्ट गर्दै आफूहरूलाई साथ र समर्थन गर्ने मतदातालाई पनि मतदान प्रक्रियामा सहभागी नहुन आग्रह गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन वैशाख ६ गतेका लागि तय गरिएको छ । यसअघि संघको निर्वाचन २०७९ वैशाख ४ गते भएको थियो ।

Next Post

सल्यानमा चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यु  

३१ चैत्र २०८१, आईतवार १८:४०
सुर्खेत । सल्यानमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कालिमाटी गाउँपालिका वडा नम्बर–६ जलजला धोवेनीमा बस्ने भूपेन्द्र घर्तीको १३ वर्षीया छोरी करिष्मा घर्तीको मृत्यु भएको हो । आइतबार दिउँसो करिब ३ः३० बजे असिना पानीसँगै परेको चट्याङ लागेर उनको मृत्यु […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930