सल्यानमा चट्याङ लागेर १३ वर्षीया बालिकाको मृत्यु  

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ३१ चैत्र २०८१, आईतवार २०:५६

सुर्खेत । सल्यानमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कालिमाटी गाउँपालिका वडा नम्बर–६ जलजला धोवेनीमा बस्ने भूपेन्द्र घर्तीको १३ वर्षीया छोरी करिष्मा घर्तीको मृत्यु भएको हो ।

आइतबार दिउँसो करिब ३ः३० बजे असिना पानीसँगै परेको चट्याङ लागेर उनको मृत्यु भएको कालिमाटी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकराज पुलामीले जानकारी दिए । उनकाअनुसार चट्याङ्ग लागेर सोही ठाउँका ६९ वर्षीय चन्द्र बहादुर घर्ती र ५० वर्षीय विष्णु खड्का घाइते भएका छन् ।

करिष्माको शव मेहेलकुना अस्पतालमा राखिएको र सोमबार पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइने उनले बताए । घाइते दुवै जनाको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ । यस्तै स्थानीय विशाल जैसीका अनुसार चट्याङ्गले घरमा पालेको एउटा बोका समेत मारेको छ भने घरमा जडान गरिएको सोलार पातामा समेत क्षति पु¥याएको छ ।

Next Post

खबरदृष्टि समाचार प्रभाव : पुल निर्माणको काम सुरु, ठेकेदारले पाए २ करोड बढी रकम भुक्तानी

३१ चैत्र २०८१, आईतवार २०:५६
सुर्खेत । करिब १ वर्षदेखि अलपत्र परेको सुर्खेतको भेरिगंगा नगरपालिका–२ स्थित छिन्चु खोलामा बन्न लागेको पक्की पुल निर्माणको काम अन्ततः सुरु हुने भएको छ । ठेकेदारले काम गरे वापतको रकम नपाएको भन्दै एक वर्षदेखि पुल निर्माण अलपत्र पाररेर छोडेका थिए । पुल निर्माणको जिम्मा लिएर अलपत्र पारेको सुचना खबरदृष्टिले प्राप्त […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930