२०८३ वैशाख ८ , मंगलबार

भेरीगंगामा महिलाको शव फेला, पहिचान खुल्न बाँकी



सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा एक महिलाको शव फेला परेको छ । आइतबार दिउँसो १२ः२० बजेको समयमा भेरीगंगा नगरपालिका–१२ स्थित डम्पिङ साइट नजिकै बेवारीसे अवस्थामा महिलाको शव फेला परेको हो ।

पानीको खोल्साभित्र शरिरको माथिको भाग डुबेको र कम्मरदेखि तलको भाग देखिएको अवस्थामा अपरिचित महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापाले खबरदृष्टिलाई जानकारी दिए ।

हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीको टोलीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख २१ गते आइतबार