सुर्खेत प्रहरीद्वारा पत्रकारमाथि कुटपिट, दलित पत्रकार संघको आपत्ति

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २५ बैशाख २०८२, बिहीबार १९:५४

सुर्खेत । उच्च अदालत सुर्खेत अगाडि रिपोर्टिङ गर्न खटिएका सुर्खेतका दुई पत्रकारमाथि प्रहरीले कुटपिट गरेको छ । प्रहरीले जनचासो खबर दैनिकका संवाददाता अंगराज परियार र खुलानजर डटकमका संवाददाता प्रज्वल चुनारामाथि कुटपिट गरेको हो । कुटपिटबाट आफुहरुको छाती, घाँटी र हातमा चोट लागेको पत्रकार चुनाराले खबरदृष्टिलाई जानकारी दिए ।

उनले आफुहरुले भिडिओ खिचिरहेको समयमा आएर प्रहरीले भिडिओ खिच्न पाउँदैनस् भन्दै मोबाइल खोसेको र आफुहरुलाई लठ्ठीले कुटपिट गरेको बताए । दुवै जनाले आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ड्युटीमा खटिएका असई एन.वि. राना लगायतको अन्य सुरक्षाकर्मीहरुले कुटपिट गरेको जानकारी दिए ।

‘मिडियाको परिचयपत्र कार्ड लगाएर हामीले भिडिओ खिचिरहेका थियौ, एक्कासी प्रहरीले आएर यस्ता परिचयपत्र र पत्रकारको काम छैन भन्नुभयो,’ उनले भने, ‘तलाइँ चिनेको छु भन्दै भिडिओ खिच्न पाउँदैनस् भनेर मोबाइल खोस्नु भयो, मोबाइलमा भएको भिडिओ फुटेज सबै डिलिट गर्नुभयो ।,’ यता पत्रकारमाथि कुटपिट भएको भन्दै राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुर्खेतले गम्भीर आपत्ति जनाएको छ ।

संघले घटनाको क्रममा पत्रकारहरुको क्यामेरा नियन्त्रणमा लिई त्यसमा कैद गरिएका भिडिओ फुटेज तथा अन्य सामग्री डिलिट गरिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । संघले “आफ्नो पेशाप्रति कर्तव्यनिष्ठ पत्रकारमाथि प्रहरीद्वारा गरिएको दुव्र्यवहार केवल अशोभनीय मात्र नभई पूर्ण रूपमा निन्दनीय भएको विज्ञप्तिमा उल्लेख गरेको छ । संघले यस घटनाको कडा शब्दमा भत्र्सना गर्दै संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेको छ ।

पत्रकारलाई स्वतन्त्र र सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता दिलाउन सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत गराएको छ । यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले पत्रकारलाई कुटपिट नगरेको बताउँदै सामान्य धकेलाधकल भएको बताए । ‘पत्रकारलाई कुटपिट भएको होइन,’ उनले भने, प्रहरीहरुको बीचमा केही धकलपकल भयो होला, तै पनि के रहेछ हामी बुझ्छौँ ।,’

May be an illustration of text

Next Post

कानून दिवसको अवसरमा उच्च अदालत सुर्खेतमा वृक्षारोपण

२५ बैशाख २०८२, बिहीबार १९:५४
सुर्खेत । “सबैका लागि न्याय” भन्ने मुल नाराका साथ न्यायपालिकाको पाँचौं पञ्चवर्षीय रणनीतिक योजनाको मुल परिदृश्य अनुरूप उच्च अदालत सुर्खेतमा आज (शुक्रवार) वृक्षारोपण गर्दै कानून दिवस मनाइएको छ । कार्यक्रममा उच्च अदालत सुर्खेतका कायम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराई, कर्णाली प्रदेशका प्रमुख न्यायाधिवक्ता कृष्णबहादुर हमाल, सहन्यायाधिवक्ता रुद्रप्रसाद पन्थी, जिल्ला न्यायाधीश […]
May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031