२०८३ जेठ १६ , शनिबार

काठमाडौंबाट दाङका लागि छुटेको बस दुर्घटना : २८ जना घाइते



दाङ । कपिलवस्तुको बेलनदी नजिकै यात्रु बस दुर्घटना भएको छ । काठमाडौंबाट दाङका लागि छुटेको लु प्र ०२००१ ख ००४५ नम्बरको बस दुर्घटना हुँदा २८ जना बढी घाइते भएका छन् । घाइतेहरूको चन्द्रौटास्थित सञ्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एक जना ७२ वर्षीय वृद्ध गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका बेलनदी नजिकै बस पल्टिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतबार