२०८३ असार ३० , मंगलबार

जाजरकाेटमा करेन्ट लागेर एक जनाको मृत्यु



जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–४ मा विद्युत लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–७ निवासी शिशिर चन्द रहेका छन् ।

चन्दको सोमवार बिहान करिब १० बजेतिर हाइटेन्सन लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख शंकरसिंह ठकुरीले खबरदृष्टिलाई जानकारी दिए ।

हाल मृतक चन्दको शव नलगाड नगर अस्पताल दल्लीमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असार ३० गते सोमबार