सुर्खेत । कर्णाली प्रदेशमा साउन १ गते अर्थात् भोलि सार्वजनिक बिदा दिइने भएको छ। कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गत चैत १७ गते बसेको कर्णाली प्रदेश सरकार (मन्त्रिपरिषद्) काे बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार भोलि प्रदेशका सबै सरकारी तथा सार्वजनिक सङ्घसंस्थामा बिदा दिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तथा उपसचिव उत्तम गौतमले जानकारी दिए।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधबार